काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आफुलाई मेकानिकल इन्जिनियर बताउने शिशिर जिसी छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिसीलाई ललितपुरको मेरोसिटी अपार्टमेन्टबाट पक्राउ गरेको हो ।
३१ वर्षीय जिसीलाई कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पुर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी आरोपमा बुधवार नै प्रहरीले ललितपुरबाट कमल विष्टलाई पक्राउ गरेको थियो । ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्ट निकट हुन् ।
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ७७ पुगेको छ ।

