कञ्चनपुर, चैत्र २७ अहिले राप्रपा, राजावादी समुहका मान्छे सडकमा ओर्लिर सहकर्मी दल, सरकार र गणतन्त्र बिरुद्धमा भ्रष्टाचार भयो, ठगि भन्दै भन्दै मुख च्यातिने गरेर दुष्प्रचारमा उत्रिएका छन ।
अरुमाथि निराधार आरोप लगाउने राप्रपा, राजावादी नेता कार्यकर्ता अगुवा नै ठगिधन्दामा संलग्न भएको तथ्य बाहिरिन लागेका छन । यस्तै ठगि चेक अनादर प्रकरणमा राप्रपा नेतृ खुश्बु ओलीलाई अदालतले कैददेखि जरिनावा तोकिएको छ ।
जिल्ला अदालत, काठमाडौंले खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवानाको फैसला सुनाएको हो ।साथै चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।
ओलीले ३ जनवरी २)१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।
यसरी आफै ठगि धन्दामा लिप्त हुने अनि अन्य दलले ठगि गरेको भन्दै राजतन्त्र ल्याउनका लागि सडकमा आन्दोलन गर्ने कार्यले नागरिकले आफु गणतान्त्रिक व्यवस्थामा बसेर ठगि गर्ननुहोस, आफै व्यवस्था सुधार हुने सुझाव दिईरहेका छन ।

