बिहि, असार ४, २०८३

तस्करको भैसी सशस्त्र प्रहरीको फन्दामा


कञ्चनपुर, चैत्र २७नेपालबाट भारतमा गैर कानुनी रुपमा भैसी तस्करी भईरहेको अवस्थामा सशस्त्र प्रहरीले पाठो सहित एक दुदालु भैसी नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ सशस्त्र प्रहरी बलको टोलीले नेपाल भारत बेलडाँडीकोे बैवाह नाका क्षेत्रबाट भारत तस्करी हुन लागेको दुदालु भैसी नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको झिलमिला बिओपीका निमित्त इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर ऐर नेतृत्वको टोलीले पाठो सहितकोे भैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

झण्डै १लाख २० हजारको मुल्याङ्गन गरेर भन्सार चलान गरिने तयारी भईरहेको छ । सशस्त्र प्रहरी बल ३५नम्बर गण शैलेश्वरीका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक(एसपी) लोकन्द्र भट्टले भारतीय तस्करले नेपालबाट भारत लैजादै गरेको भैसी मध्ये १ पाडो सहितको भैसी नियन्त्रणमा लिएको बताए ।

अन्य भैसी तस्करले चराउन लग्ने बहानामा भारत प्रवेश गराइसको बताए ।

नियन्त्रण भैसीलाई भन्सार चलान गरिसकेको बताए ।

तस्करीको भैसी नियन्त्रणमा लिएपछि थप जिल्लाभरीबाट भारत लैजान लागेका दुदालु भैसी नियन्त्रणमा जोडडदिईको छ ।

सम्बन्धित समाचार

Leave a Reply