बिहि, असार ४, २०८३

राजावादी तह लगाउन सत्तारुढ दल एमालेको सुप प्रदेश स्तरकै शक्ति प्रर्दशन


कञ्चनपुर, चैत्र २७जनताले फालेको राजतन्त्र फेरी केही राजावादी सत्ताको भुई चट्न संविधान बिरुद्ध अस्वभाविक हर्कत गर्न लागेको भन्दै सत्ताधारी नेकपा एमाले आफै सडकमा उत्रिएको छ ।

एमाले आफै सत्तामा भएका बेला संविधानमाथि राजावादी गिरोहले कुल्चिन लागेको भन्दै सडकमा उत्रिएको हो । केही दिनदेखि वडाबाट शुरुवात गरिएको आन्दोलन अब सातै प्रदेशमा गर्न लागेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विशेष सभाकोे तयारीमा जुटेको छ ।

सभा सम्बोधनका लागि पाटी महासचिव शंकर पोखरेल सहितका नेताहरु आउने कार्यक्रम रहेको छ । उक्त सभामा कञ्चनपुरबाट हजारौँको सहभागीता हुने जनाएको छ । नेकपा एमालेको धनगढी विशेष सभामा जन सहभागीताका लागि कञ्चनपुरमा तयारी तिव्रमा जुटेको छ ।

एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा यहि चैत २९ शुक्रबारका दिन धनगढीमा बृहत विशेष सभा आयोजना हुन लागेको हो।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले सभा आयोजना गर्न लागेको हो । सभामा कैलाली र कञ्चनपुरबाट ठुलो संख्यामा जन सहभागीता गराउने तयारी भईरहेको छ ।

साथै सुदुरपश्चिमका पहाडी जिल्लाबाट पनि सभामा जन सहभागीता रहनेछ । विशेष सभामा कञ्चनपुरबाट ठुलो मात्रामा जन सहभागीताका लागि तयारी भईरहेको एमाले कञ्चनपुरले जनाएको छ । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी तोकेको छ ।

नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताए । उनका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिटि र पालिका कमिटिहरुलाई जिम्मेवारी दिएर जन परिचालनको तिव्र रुपमा तयारी भईरहेको छ ।

एमाले कञ्चनपुरले कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर १ मा पार्टी केन्द्रीय सदस्य कमला बोहरालाई जन परिचालन अनुगमन समितिको जिम्मेवारी तोकिको छ भने त्यहाँका पालिका कमिटिको विस्तारीत बैठक आयोजना गरि थप तयारी गर्ने योजना छ ।

त्यस्तै निर्वाचन क्षेत्रमा नम्बर २ मा जन परिचालन अनुगमनको जिम्मेवारी नेकपा एमाले केन्द्रीय नर बहादुर धामीलाई दिईएको छ । वेदकोटमा नगर कमिटिका कार्य बहाक अध्यक्ष जनक विष्ट, शुक्लाफाँटामा नगर कमिटि अध्यक्ष धिरेन्द्र साउद र कृष्णपुरमा नगर कमिटि अध्यक्ष कुवेर खड्कालाई जन परिचालन संयोजकको जिम्मेवारी दिईएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर ३ मा भने पार्टी केन्द्रीय सदस्य ईन्चार्ज कृपाराम रानालाई जन परिचालन समितिको जिम्मेवारी तोकीएको छ । धनगढी सभाबाट गणतन्त्रको पक्षमा देशव्यापी रुपमा सन्देश दिने एमाले नेताहरुले बताएका छन् ।

सभाको पुर्व तयारी स्वरुप कैलाली र कञ्चनपुरमा अघिल्लो साता बृहत मोटरसाईकल ¥याली समेत आयोजना गरिएको थियो । धनगढी सभामा प्रदेशभरीका हजारौँको सहभागीता सडकमा आउने जनाएको छ ।

एमालेले सत्ता भएपनि संविधान बिरुद्धमा राजावादीका गतिबिधी नियन्त्रणका लागि सडक रोजेको जनाएको छ । भने, राजावादी समुहले आफै सत्ता आफै सडकमा भनिरहेका छन ।

तर, विश्लेषकहरुले एमाले सत्तामा भएका बेला स्वयम एमाले सहित विपक्षी, राजावादी दल, पत्रकार, शिक्षक, चिकित्सक, वकिल, व्यवसायिक, मानवअधिकारकर्मी सहितका चौतर्फि क्षेत्र सडकमा आउनु विडम्बना भएको बताएका छन ।

सम्बन्धित समाचार

Leave a Reply