आदित्य जोशी कञ्चनपुर होली फेमली स्पोर्ट्स एकेडेमीले आफ्नो पहिचान खेलकुद बाट विभिन्न तरिकाले गर्दै आएको छ।
पछिल्लो समय यस एकेडेमीका खेलाडीहरुले नेपालमा मात्रै नभएर विदेशमा पनि खेल खेल्दै आएका छन्। विद्यार्थीहरूको लागि छुट्टै खेल मैदान को व्यवस्था समित रहेको छ जसमा विद्यार्थीहरूले विभिन्न किसिमका खेलहरु खेल्दै आएका छन्।
होली फेमली स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्टले युवा हरुलाई कुलत,दुर्व्यसनी, लागु पदार्थ लगायत अन्य नसालु कुरा बाट मुक्त गर्नको लागि बाह्र दिने निःशुल्क क्रिकेट ट्रेनिङ तथा तेक्वान्दो परिशिक्षण क्याम्प सुचारु गरेको बताउनुभयो।
खेलकुदले युवाहरुलाई शारीरिक तथा मानसिक रूपमा पनि विकास हुने भएका कारणले खेलकुदलाई बढी जोर दिएको बताए।
तेक्वान्दो परिशिक्षण क्याम्पका उपाध्यक्ष राजेन्द्र केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह एरी को प्रशंसा गर्दै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद रहेकोले भाइबहिनीहरुले बौद्धिक ज्ञानको लागि महत्त्वपूर्ण भनेको खेल रहेको बताउनु भएको छ।
कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र बहादुर चन्दले एउटा राज्यले गर्न नसकेको कार्यक्रमहरू जुन एउटा होली फेमिली स्पोर्ट्स एकेडेमीले गरेकोमा विशेष धन्यवाद दिएका छन्।
चन्दले आफ्नो ठाउँमा खेल मैदान को अभावलाई पूर्ति गरेको समेत बताउनुभएको छ ।
बाह्र दिने निःशुल्क क्रिकेट ट्रेनिङ तथा तेक्वान्दो परिशिक्षण कार्यक्रममा खेलाडीहरूको लागि ट्रफी सिल्ड लगायत अन्य मनोबल बढाउने गरी खेलाडीहरूको लागि उपयुक्त सामग्रीहरूको व्यवस्थापन गरिएको छ।
यस १२ दिने निःशुल्क क्रिकेट ट्रेनिङ तथा तेक्वान्दो परिशिक्षण कार्यक्रममा सहभागी हुने खेलाडीहरू हर्षित भएका छन्।

