बिहि, असार ४, २०८३

विशेष अधिवेशन बोलाएर भएपनि शिक्षा विधेयक पारित गछौँ ः प्रचण्ड


कञ्चनपुर, चैत्र २५ ,पुर्व प्रधानमन्त्री एव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताउनु भएको छ ।

राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । प्रमुख पतिपक्षीय दलका नेता समेत रहेका प्रचण्डले माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गर्नु भएको हो ।

‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भन्नुभयो, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् । अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताउनुभयो । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी र्पयो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं ।

म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उहाँले भन्नुभयो।सरकारले हतारिएर सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

यसैविच ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेवास् राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभयो ।

उहाँले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो ।‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं ।

भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,ु अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवास् मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताउनु भएको छ । ‘प्रतिगामीहरूले फेरि टाउको उठाउन सम्भव छैन ।

सम्बन्धित समाचार

Leave a Reply