कञ्चनपुर चैत्र २२ भारतको एक विश्वविद्यालयले कञ्चनपुरका सरोकारवालासंग छलफल गरेको छ ।
भारत बरोदा गुजरातमा रहेको पारुल विश्वविद्यालयले शुक्रबार शिक्षासग सरोकार राख्ने जिल्लाका सरोकारवालासंग छलफल गरेको हो ।
उक्त विश्वविद्यालय नेपाल हेर्ने सहायक म्यानेजर निरज शाहले स्नातक, स्नाकोत्तरदेखिका माथिल्ला शैक्षिक कार्यक्रम संचालन हुने बताए ।
शाहले नेपालका समेत थुप्रै विद्यार्थी अध्ययनरत रहेको एकै छानामुनी सबै व्यवस्था रहेको बताए ।
नेपालका विभिन्न शहर, स्थानमा सम्पर्क कार्यालय रहेको कञ्चनपुरमा पनि छिट्टै खोलेर संचालन गर्ने बताए ।
‘हामीले शैक्षिक गुणस्तरमा कसैसंग पनि सम्झौता गर्दैनौँ, ‘उनले भने, ‘हाम्रो प्रतिक्षा नै असल जनहक्ति उत्पादन गर्ने हो ।
’ दुताबास मार्फत सत प्रतिशत र अन्य नेपाली विद्यार्थीका लागि ५०प्रतिशत छात्रबृतिमा अध्यापन गराईने बताए ।
थप जानकारीका लागि पारुल विश्वविद्यालयको वेससाईडमा गएर पनि सम्पर्क गर्न सकिने बताए ।

