मङ्ल, असार २, २०८३

कुलमान भन्छन्– सरकारले हटाए पनि, जनताको मनबाट हटेको छैन”


काठमाडौं।नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध–निर्देशक कुलमान घिसिङले आफू चेपाङ समुदायमा बत्ती बाल्न खटिएको समयमा हतोत्साही र दुराशयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भए पनि नेपाली जनताले आफूलाई आशीर्वाद दिएको बताए ।

आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ ।

एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसद्को रोस्टममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।

सम्बन्धित समाचार

Leave a Reply