मङ्ल, असार २, २०८३

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित, विद्यार्थी अनशनमा


कञ्चनपुर, चैत्र २१ – सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा यही चैत्र २७ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

स्ववियु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी भएपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।विद्यार्थी नेता छत्र खड्काले यस निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै यसको विरुद्ध सत्याग्रह (अनशन) घोषणा गरेका छन्। उनका अनुसार, यसअघि पनि यस्तै कारणले निर्वाचन रोकिँदा दुई वर्षसम्म विद्यार्थीहरू प्रतिनिधिविहीन बनेका थिए।

उनले निर्वाचन नहुँदा विद्यार्थीहरू आफ्ना अधिकारबाट वञ्चित हुने र स्ववियु मार्फत विद्यार्थीका हकहितमा गरिने कार्यहरू ठप्प हुने बताए।उनले सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ र संगठन तथा शैक्षिक प्रशासन नियमावली २०६८ अनुसार स्ववियु सभापति विश्वविद्यालय सिनेट सदस्य रहने व्यवस्था स्मरण गराउँदै, निर्वाचन नहुँदा यो अधिकार अन्य आंगिक क्याम्पसमा सर्ने चेतावनी दिए।विद्यार्थी समुदायको हकहित संरक्षण, बौद्धिक तथा चारित्रिक विकास, संस्थागत सुधार, अनुशासन कायम गर्ने जस्ता स्ववियुको जिम्मेवारीहरू प्रभावित हुने भन्दै उनले सबै विद्यार्थीलाई एकताबद्ध भएर विरोध गर्न आह्वान गरेका छन्।

उनले भने, “स्ववियु निर्वाचन गराउनुपर्ने हाम्रो एक मात्र माग हो। जबसम्म निर्वाचन प्रक्रिया अघि बढ्दैन, सत्याग्रह जारी रहनेछ।”उनको घोषणासँगै विद्यार्थी समुदायमा चर्चा सुरु भएको छ भने सम्बन्धित निकायले यस विषयमा चाँडै निर्णय लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply