मङ्ल, असार २, २०८३

बिधुत चोरी गर्दै कंचनपुर जिल्ला भलिवल संघ महेन्द्रनगर


काठमाडौं । कञ्चनपुर जिल्ला भलिवल संघ महेन्द्रनगरले बिधुत चोरी गरेको पाइएको छ ।

कंचनपुरको भिमदत्तनगरपालिका वडा नम्बर ४  कवर्डहलमा जिल्ला कार्यालय रहेको भलिवल संघले बिधुत चुहावट अर्थात चोरी गरेको पाइएको हो । बिगत ३/४ बर्ष भन्दा पहिले देखि भलिवल संघले मनोमानी रुपमा बिधुतकै कर्मचारिहरुको संलग्नतामा बिधुत चोरी गरेको स्थानियहरुको भनाइ छ ।

जिल्ला भलिवल संघको नाममा छुट्टै अर्को मिटर रहेको समेत रहेको छ । जुन मिटर बाट भलिवल संघ अगाडि रहेका सटरमा लाइन जोडिएको छ तर भलिवल संघले बिधुत पोलबाट सिधा अर्को लाइन जडान गरि भलिवल संघको कार्यालय र आसपासका अन्य संघका कार्यालयमा समेत बिधुत चुहावट गरेको पाइएको छ ।

नेपाल बिधुत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रले बिधुत चोरी गरेको थाहा पाएपछी बिहिबार बिधुत चोरी गरेको लाइन काटेको छ ।

भलिवल संघले बिधुत चुहावट अर्थात बिधुत चोरी गरेको बिषय थाहा पाउने बित्तिक्कै लाइन काटिएको बितरण केन्द्रका प्रमुख चुट्न कुमार श्रीवास्तबले बताए ।

भलिवल संघले बिधुत चुहावट गरेको पाइएकोले कानुन अनुसार जरिवाना र कारबाही गर्ने उनले बताए ।

अबैधानिक तरिकाले संघमा बिधुत चोरी भएको बिषयमा आफुलाइ कुनै जानकारि नभएको जिल्ला भलिवल संघका अध्यक्ष श्याम सिंह मौनिको भनाइ छ ।

बिधुत चोरी गर्नु गैरकानुनि भएको जिल्ला खेलकुद संघ कार्यालयका निमिक्त कार्यालय प्रमुख बिमल कडायतले बताए । 

अहिले आफू पुजापाठको लागि पहाड गएको र बिधुत चोरिको बिषयमा अहिले सम्म आफुलाइ कुनै जानकारी नभएको भएको जिल्ला खेलकुद संघ कार्यालयका कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताए ।  

बिधुत चोरिको बिषयमा  आफुलाइ कुनै जानकारी नै  नभएको र आफुले त्यस बिषयमा बुझ्ने जिल्ला खेलकुद संघका अध्यक्ष कुबेर खड्काले बताए ।

गैरकानुनी बिधुत चोरिको बिषयमा सम्बन्धित ब्यक्ती र कार्यालय नै पन्छिन खोजेको समेत पाइएको छ ।    

भलिवल संघमा बिधुत चोरी नेपाल भलिवलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्टको निर्देशनमा भएको खेलकुद क्षेत्रकै अन्य ब्यक्तिले बताए ।     

 राष्ट्रिय प्रशिक्षक जस्तो ब्यक्ति कै निर्देशनमा यसरी राज्यको सम्पती दोहन गर्नु अर्थात बिधुत चोरी गर्नु लज्जास्पद कुरा भएको समेत उनिहरुको भनाइ छ । कंचनपुर जिल्ला भलिवल संघ उनकै निर्देशनमा चल्दै आएको समेत उनिहरुले बताए ।

अबैधानिक जडान गरिएको बिधुत लाइनको सबै बिसय प्रशिक्षक भट्टलाइ थाहा भएको संघका एक जना ब्यक्तिले उल्लेख गरे ।भलिवल संघमा रहेको विधुतको अर्को अबैधानिक बिधुत लाइन अर्थात चुहावटको बिधुत लाइन भलिवल संघमा काम गर्ने मान्छेले जडान गरेको भलिवल प्रशिक्षक भट्टको दाबी छ ।  

सर्वसाधारणको सानो पैसा रुक्दा र सानो गल्ती गर्दा समेत विधुतलाइन काट्ने र लाखौ जरिवाना तिराउने बिधुत प्राधिकरण महेन्द्रनगर बितरण केन्द्रले संघलाइ कस्तो कारबाही गर्ला भन्ने चासोको बिसय बनेको छ ।

राजनितिक र अन्य दवाबका कारण बिधुत चोरी जस्तो गम्भीर बिषय थुमथाम मै सिमित रहनेमा समेत स्थानियले आसंका ब्यक्त गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply