मङ्ल, असार २, २०८३

राप्रपाका सासंद बस्नेत फरार, सांसद हेरेका हेरै


कञ्चनपुर, चैत्र २० संसद र सडकमा गणतान्त्रिक व्यवस्थाले खतम पारेको भन्दै घाटी च्यातिने गरेर राप्रपाका सासद एव नेता कार्यकर्ताहरु कराईरहेका बेला आफ्नै संसाद सहकारी ठगिमा लिप्त रहेकी छिन ।

सहकारी ठगीमा फरार राप्रपा सांसद गीता बस्नेतको स्वास्थ्य उपचारमा रहेको भन्दै प्रतिनिधिसभाले बिदा स्वीकृत गरेको छ ।

चालू पाँचौँ अधिवेशनमा बस्नेत २७ दिन अनुपस्थित थिइन् ।सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि सम्पर्कविहीन रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतको बिदा प्रतिनिधिसभाले अनुमोदन गरेको छ।

सभामुख देवराज घिमिरेले बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो ।

उनी त्यसअघिदेखि नै प्रतिनिधिसभा बैठकमा अनुपस्थित छिन । वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन्।

बस्नेत माघ १८ गतेदेखि चैत १९ गतेसम्म प्रतिनिधिसभाका २७ वटा बैठकमा अनुपस्थित रहेकी थिईन । उनी स्वास्थ्य उपचारमा रहेको भन्दै बिदामा रहेकी छिन ।

व्यवस्थाको बिरोधमा रहेको राप्रपाले आफ्नै सांसद ठगि गिरोहमा लिप्त भएपछि अब हेरु के गर्छ । यसरी ठग राप्रपा सासद समेत रहेकी नेताको विदा स्वीकृत गरेपछि जनता हैरान भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply