रमेश प्रशाद भट्ट , कञ्चनपुर
सुनचाँदनीका बहुमुल्य गरगहना चोर्ने गिरोह र खरिद गर्ने व्यवसायी फन्दामा परेका छन । कञ्चनपुर भीमदत्त नगरको एक घरबाट सुनका गरगहना चोरी गर्नेदेखि किन्न सुन व्यवसायी फन्दामा परेका हुन ।
१२चैत्रमा भीमदत्त नगरपालिका ७हल्दुखालका केशवसिह महराको घरबाट सुन चोरेर महेन्द्रनगरको निङलानैशी सुनचाँदी पसलमा बिक्रि गर्ने दुवै समुह कानुनी दायरमा आएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हल्दुखालका महराको घरबाट सुनका ९प्रकृतिका गरगहना चोर्ने चार जना र खरिद गर्ने दुई सुनचाँदी व्यवसायी पक्राउ गरेको बताए ।
प्रवक्ता जोशीका अनुसार सुन चोर्नेमा भीमदत्त नगरपालिका ६ऐठपुरका राहुल चन्द, अमित खत्री,चक्र सुनार, महेन्द्र नायक पक्राउ परेका छन ।भने, खरिद गर्नेमा भीमदत्त नगरपालिका ४महेन्द्रनगर निङलाशैनी सुनचाँदी पसलका संचालक श्रीमान श्रीमतीद्वय नविन पौडेल, ईसा पौडेल पक्राउ परेका छन ।
उनीहरुको साथबाट सुनको छडके तिलहरी,मगलसुत्र,औठी, काँटाथान,नागिन माला, चन्द्रमा,ग्लोबन्द, झुक्मा र चाँदनीको औठी बरामद भएको छ । चारै जनाले चोरेका सुनचाँदनीका गरगहना निङलानैशी सुनचाँदी पसलमा बिक्रि गरेका थिए ।
पक्राउ परेका ६जनाको जिल्ला आदलतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । उनीहरु बिरुद्ध चोरी मुद्दा लगाउने प्रहरीले तयारी गरेको छ ।
यसैविच मोटरसाईकल चोर्ने तीन युवक समेत पक्राउ परेका छन । २६फागुन ०८१ मा बेदकोट नगरपालिका ५ का महेश डगौराको म१प १९०५ नम्बरको मोटरसाईकल चोर्ने बेदकोट ७का योगेन्द्र बोहरा, बिनोद खडका र ईस्कर बोहरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ । कञ्चनपुर प्रहरीले मोटरसाईकलदेखि सुनचाँदनी गरगहना चोर्ने गिरोहमाथि डण्डा बजाएको छ।

