महेन्द्रनगर, सत्तारुढ दल नेकपा एमालेले काठमाडौमा राजावादी समूहले गरेको हिंसात्मक गतिविधिहरूको विरोध र गणतन्त्रको पक्षमा मेहन्द्रनगरमा शक्ति प्रदर्शन गरेको छ।
पार्टीका नेताहरू र कार्यकर्ताहरूको ठूलो सहभागितामा सदरमुकाममा मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो।
नेकपा एमाले पार्टी कार्यालय बाट सुरु भएको ¥यालीमा जिल्लाका विभिन्न क्षेत्रका नेताहरू र कार्यकर्ताहरूले सहभागी थिए।
¥यालीको उद्देश्य गणतन्त्रको सशक्तिकरण र नेपालको प्रजातान्त्रिक प्रणालीको संरक्षण गर्नु रहेको बताइएको छ।
एमालेका स्थानीय नेताले भने, “हामी राजावादी गतिविधिको कडा विरोध गर्छौं र देशको गणतन्त्र र जनताको अधिकारको संरक्षणका लागि सधैं तत्पर रहनेछौं।”यो प्रदर्शनले पार्टीको भित्रको एकता र गणतन्त्रप्रति दृढ समर्थन प्रकट गरेको छ।

