मङ्ल, असार २, २०८३

राजावादीलाई काउण्टर दिन सत्ताधारी एमालेको गणतन्त्रका पक्षमा आन्दोलन


कञ्चनपुर, १८ चैत्र डेढ दशक अघि जनताले फालेको बंसिय शासन प्रणाली राजतन्त्र फ्याकिसकेपनि केही राजतन्त्रवादीहरुले सडक र सदनमा गणतन्त्र बिरुद्धमा कुचेष्टा गर्न खोजेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको छ ।

सत्ताधारी एमालेले राजावादीहरुलाई काउण्टर दिन केहीदिनदेखि शुरु गरेको आन्दोलन आज १८चैत्र(सोमबार) गणतन्त्र बिरुद्धमा कुचेष्टा गर्न खोजेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो ।

एमाले कञ्चनपुरले हजारौँको संख्यामा नेता कार्यकर्ता एव जनता सडकमा उतारिरहेको छ । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले दिउँसोतिर जिल्ला सदरमुकाम महेन्द्रनगरमा आन्दोलन गर्न लागेको बताए ।

उनका अनुसार जिल्लाभरीबाटै नेता कार्यकर्ता, शुभचिन्तककै उपस्थितिमा आन्दोलन गर्न लागेको छ । दिउँसो २ बजेतिर पाटी कार्यालयमा जम्मा भए बजारमा परिक्रममा गरेर राजावादीहरुलाई गणतन्त्रको पक्षमा जनलहर देखाउन लागेको बताए ।

शनिबार कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटर साईकल यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो।

¥याली व्यवस्थापनका लागि जिल्लाका नौ वटै पालिका कमिटिलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

¥याली पाटी कार्यालयबाट सुरु हुनेछ । बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए ।

ुबाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहास पछाडी फर्किने कुरा हुदैन्, जनस्तरबाटै यसको शसक्त प्रतिवाद गर्नु पर्छ ।ु नेता रावलले भने ुगणतन्त्र नेपालको पक्षमा सबै नेता कार्यकर्ता र जनवर्गीय संगठनहरु परिचालित हुन निर्देशित गर्दछु ।

एमालेले चैत्र २९ गते गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्तरगत धनगढीमा विशाल सभा आयोजना गर्ने तयारी पनि गरेको छ। नेकपा एमाचे पालिट ब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देवी पालले सुदूरपश्चिमबाट गांष्ट्रय सन्देश दिन भेलाको आयोजना गरिन लागेको बताईन् ।

उनले पार्टीको जागरण अभियान अन्र्तगत प्यालीसहित कोण सभाको तयारी गरिएको छ । एमाले कञ्चनपुरले राजावादीले २सय ४ बर्ष शासन गरेर देश र जनताका लागि केही नगरेको गणतन्त्र आएको डेढ दशकमै जनता केही नभएको भन्दै दलहरुप्रति विष बमन गर्ने गणतन्त्र बिरुद्धमा हुने सबैखाले राजावादीका अराजक गतिबिधी नियन्त्रण गर्न आब्हान गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply