मङ्ल, असार २, २०८३

प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन


काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ।

महाधिवेशनले कमल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी चयन भएका छन्। त्यस्तै, उपाध्यक्षहरूमा राम सिंह ठगुन्ना, लक्ष्मण खड्का, विवेक गौतम, दिपक श्रेष्ठ र शान्ता अधिकारी निर्वाचित भएका छन्।

महासचिव पदमा मनोज घर्ती मगर चयन भएका छन्।उपमहासचिवहरूमा ज्ञानप्रसाद पौडेल, बुद्ध लोप्चन, हरिश विक, लक्ष्मी आचार्य र अनिल मिश्र चयन भएका छन्। सचिव पदमा राजेन्द्र अवस्थी, सुरेन्द्र चालिसे, सन्तोष देउजा, सुनिता वराल, अन्जली थापा र अवतार राई चयन भएका छन्।

कोषाध्यक्ष पदमा वसन्त गिरी निर्वाचित भएका छन्।महाधिवेशनले सञ्चारकर्मीहरूको हकहित र प्रेस स्वतन्त्रताको सुदृढीकरणका लागि नयाँ रणनीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित नेतृत्वले पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि विशेष योजना अघि बढाउने जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply