मङ्ल, असार २, २०८३

हातमा कालोट्टी बाधेर काम गर्दै कञ्चनपुरका पत्रकार


कञ्चनपुर।एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या भएपछि पत्रकारहरू आन्दोलित भएका छन् ।

पत्रकारको हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध पत्रकारहरू आइतबार हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन ।

केन्द्रिय कार्यक्रम मेहेन्द्रनगर माआइतबार कञ्चनपुरका पत्रकारहरुले पनि हातमा कालोपट्टी बाधेर काम गरेका छन ।

उनीहरु कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाधेर खटिएका हुन ।

पत्रकार महासंघको मेहिन्द्रनगर कार्यक्रम अनुसार आईतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कञ्चनपुर सचिव कुन्दन पाण्डेयले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply