संजय शिंह महर, कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका रूपमा अनेरास्ववियुबाट दीपक राज अवस्थीलाई उम्मेदवार घोषित भएका छन्।
१७ गते सम्पन्न भेलामा अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय इकाइ समितिले उम्मेदवारहरूको नाम सार्वजनिक गरेको थियो ।
केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले सभापतिमा दीपक राज अवस्थी, सचिवमा अशोक कुँवर, र कोषाध्यक्षमा पुष्पा विष्टलाई औपचारिक रूपमा घोषणा गरेकी थिइन्।सभापतिका उम्मेदवार अवस्थी विद्यार्थी माझ लोकप्रिय छन् र उनीहरूका हकहितका पक्षमा सक्रिय रूपमा कार्यरत रहेका छन्।

