सोम, असार १, २०८३

मन्त्री चौधरीको अडियो सार्वजनिक, भ्रष्टाचारविरुद्ध आन्दोलित हुने चेतावनी


कञ्चनपुर, चैत्र १७

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको अडियो क्लिप सार्वजनिक भएपछि उनको भ्रष्टाचारको विषयले चर्चा पाएको छ। उक्त अडियो क्लिपमा मन्त्री चौधरीले कमिसन लिएको स्वीकारेपछि जनस्तरमा असन्तोष चुलिएको छ।

यस विषयमा क्रान्तिकारी युवा संगठन, नेपाल ले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। संगठनका इन्चार्ज क. दिपेन्द्र ऐरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले दोषी मन्त्रीलाई तत्काल कारबाही नगरे सशक्त आन्दोलन गर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र कुशासन देशका प्रमुख समस्या हुन्, जसको विरोधमा हाम्रो संगठन लामो समयदेखि संघर्षरत छ।

मन्त्रीले खुलेआम कमिसन लिएको प्रमाण सार्वजनिक भइसकेपछि सरकार मौन बस्न मिल्दैन।

”संगठनले यस प्रकरणको गम्भीर छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै यदि सरकारले बेवास्ता गरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छ।

सम्बन्धित समाचार

Leave a Reply