मङ्ल, जेष्ठ २६, २०८३

मानव अधिकार रक्षकहरूको लागि सुरक्षाको तालिम सुरु


काठमाडौं, चैत्र १५– ओरेक नेपाल र फोरम-एसियाको संयुक्त आयोजनामा काठमाडौंमा मानव अधिकार रक्षकहरूको सुरक्षाको तालिम सुरु भएको छ। चैत्र १४ देखि १८ गतेसम्म सञ्चालन हुने यस तालिममा विभिन्न जिल्लाका २६ जना मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ।

तालिममा मानव अधिकार संरक्षणका क्रममा सामना गर्नुपर्ने जोखिमहरूको व्यवस्थापन, व्यक्तिगत तथा संस्थागत सुरक्षाका उपायहरू, मानसिक स्वास्थ्य तथा मनोवैज्ञानिक सुदृढीकरण जस्ता विषयमा प्रशिक्षण दिइनेछ। ओरेक नेपालको कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार तालिमले मानव अधिकार रक्षकहरूलाई थप सुरक्षित र प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउने बताएकी छन् ।

तालिमको पहिलो दिन महिला मानव अधिकार रक्षककर्मी समिता लामाले मानव अधिकारको परिभाषा, मानव अधिकार रक्षकहरूको भूमिका, आवश्यकताहरू र उनीहरूले सामना गर्ने चुनौतीहरूबारे प्रशिक्षण दिएकी थिइन्। सहभागीहरूले आफ्नो कार्यानुभव, अवसरहरू र सामना गरेका चुनौतीहरूबारे छलफल गरे।कार्यक्रममा प्रभा पौड्यालले स्वागत टिप्पणी राख्दै ओरेक अवलोकन तथा मानव अधिकार रक्षकहरूको क्षमता निर्माण सम्बन्धी जानकारी गराइन्।

फोरम-एसियाका प्रतिनिधि निर लामाले मानव संसाधन विकास तथा समग्र सुरक्षा परियोजनामा फोरम-एसियाको भूमिकाबारे अवलोकन प्रस्तुत गरे।तालिममा सहभागीहरूलाई व्यक्तिगत अनुभव साझा गर्न अवसर दिइएको थियो, जसलाई महिलावादी नाराको आधारमा विश्लेषण गरियो।

प्रशिक्षकहरूले मानव अधिकार रक्षकहरूको अवधारणा, उनीहरूको भूमिका, सुरक्षा चुनौतीहरू र जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत प्रशिक्षण दिएका छन्।पहिलो दिनदेखि नै सहभागीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकहरूले जनाएका छन्। तालिममार्फत मानव अधिकार रक्षकहरूलाई सुरक्षा उपायहरूबारे व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

Leave a Reply