मङ्ल, जेष्ठ २६, २०८३

पुनर्वासमा सुचिकृत बेरोजगारहरुका लागी ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालीम सम्पन्न


किशोर तामाङ कञ्चनपुर

कञ्चनपुरको पुनर्वासमा सुचिकृत बेरोजगारहरुका लागी ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालीम सम्पन्न भएकोे छ ।

कार्यस्थलमा आधारीत सिप बिकास तथा जीवन उपयोगी तालीम रोजगार सेवा केन्द्र पुनर्वासको आयोजनामा सञ्चालन गरीएको रोजगार संयोजक शुशिला देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको आर्थीक सहयोग र सेवा प्रदायक संस्था बिसीटिसी कञ्चनपुरको सहयोगमा चलेको तालीम बिहिबार सम्पन्न भएको छ ।

पुनर्वास ७, ८, ९, १० र ११ का ४० जना सुचिकृत बेरोजगारहरु तालीममा सहभागी भएका थिए । पुनर्वास ७, ८ र ९ मा सडक मर्मत सम्भार तालीम र पुनर्वास १० र ११ मा डकर्मी सम्बन्धि तालीम सञ्चालन गरीएको रोजगार संयोजक शुशिला देउवाले जानकारी दिनुभयो ।

तालीम समापन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले डकर्मी तथा सडक मर्मत सम्भार तालीम लिइ सकेका सुचिकृत बेरोजगारहरु अब स्वरोगार बन्ने बताउनुभयो ।

हिजोसम्म हातमा सिप थिएन्, काम कसरी गर्ने जानकारी थिएन् अब ५० दिन सम्म सिकेको सिप देखाउने समय आएको उहाँले बताउनुभयो ।

तालीममा सहभागीहरुलाई स्थानीय स्तरमा मात्रै नभइ पालीका भित्र हुने बिकास निर्माण वा अन्य आयोजनाहरुमा पनी सहभागी गराइने उहाँले बताउनुभयो ।

तालीम समापन कार्यक्रममा बोल्दै सेवा प्रदायक संस्था बिसीटिसी कञ्चनपुरका अध्यक्ष मनोज चन्दले डकर्मी तथा सडक मर्मत सम्भार तालीमबाट घर निर्माण गर्न आवश्यक पर्ने कामहरु, दक्ष मिस्त्रि उत्पादनमा जोड दिएको बताउनुभयो ।

तालीममा सहभागीले सधै घरधन्दामा ब्यस्त हुनेहरुले केही नयाँ काम सिक्न पाएको बताएका छन् । घर निर्माणका लागी आवश्यक पर्ने मिस्त्रि हेल्पर लगायतको काममा अब आफुहरु पनी सहभागी हुने उनिहरु बताउछन् ।

सम्बन्धित समाचार

Leave a Reply