शनि, जेष्ठ ३०, २०८३

भ्रष्टाचारमा जनप्रतिनिधी र कर्मचारी अग्र मोर्चामा


कञ्चनपुर, चैत्र १४

जनताको कामको साटो भ्रष्टाचारमा जनप्रतिनिधी उद्यत देखिएका छन । सुदूरपश्चिम प्रदेश बझाङ्गको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष रोकाया,वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो।

रोकाया नेपाली काँग्रेसबाट खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।यस्तै तत्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुले आर्थिक वर्ष ०७६÷०७७ मा सिम्लका घट्ट कुलो सिचाँई निमार्ण सम्पन्न गरेपनि आर्थिक वर्ष ०७७÷०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको आरोप लगाएको छ।

उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो माग्दै बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।यसरी कर्मचारी र जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply