सोम, असार १, २०८३

न्याय माग्दै अदालत पुगे कुलमान


काठमाडौं।सरकारले आफुलाई गैरकानुनी रुपमा हटाएको भन्दै नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अदालत पुगेका छन्।

आफुलाई हटाउने निर्णय बदरको माग गरी उनले प्रतिनिधिमार्फत बुधबार सर्वाेच्च अदालतमा रिट पेश गरेका छन्।

रिट अध्ययनपश्चात् बिहीबार दर्ता हुने÷नहुने निर्णय हुने सर्वाेच्च अदालत प्रशासनले जनाएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्त गर्ने निर्णय गरेको थियो।

राम्रो काम गर्दागर्दै उनलाई हटाइएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । सडकमा समेत सर्वसाधरणले प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित समाचार

Leave a Reply