सोम, असार १, २०८३

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : उद्धार गर्न आइपुग्यो हेलिकोप्टर


काठमाडौं।आगलागीको कारण इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा फसेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आइपुगेको छ ।

बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार हालसम्म सात जनाको उद्धार गरिएको छ भने केही मानिस अझै पनि भवनमा फसेका छन् ।

९ तलाको प्लाजामा पाँचौं तलाबाट आगलागी सुरु भएको थियो । हाल पाँचौं, छैटौं र सातौं तलासम्म आगो फैलिएको छ । भवनमा होटेल वरन्डा, रेस्टुरेन्ट, सिनेमा हल, बैङ्क, क्याफे र विभिन्न पसलहरू छन् ।

इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलले भवनभित्र प्रवेश गर्न असम्भव भएकाले बाहिरबाट मात्र आगो निभाउने प्रयास भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित छ । सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनीबाट १०५ जना सुरक्षाकर्मी खटिएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply