सोम, असार १, २०८३

“शिक्षा क्षेत्रको गुणस्तर सुधार्न कानून आवश्यक: मन्त्री भट्टराई”


काठमाडौँ : शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार्ने कानून बनाउन आवश्यक रहेको बताएकी छन्।

मंगलवार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताइन्।

उनले राज्य र विश्वविद्यालयबीचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको उनको भनाइ छ।

उनले विश्वविद्यालयहरूलाई खुला रूपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताइन्। उनले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याका कारण वैज्ञानिकहरू समस्यामा परेको बताइन्।

उनले भनिन्, ‘हामीले शिक्षाको गुणस्तरमा केही पनि गर्न सकेका छैनौँ। हामी बल्ल विश्वविद्यालयका मात्र ऐन बनाइरहेका छौँ।

राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन त हामीले आजसम्म बनाएकै छैनौँ।’युवाहरूलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्नेमा उनको जोड छ।

सम्बन्धित समाचार

Leave a Reply