सोम, असार १, २०८३

“ऊर्जामन्त्री खड्काविरुद्ध प्रदर्शन, एक दर्जन कार्यकर्ता पक्राउ”


काठमाडौं।ऊर्जामन्त्री दीपक खड्काको विरोध गर्दै सिंहदरबार गेटमा प्रदर्शन गर्ने पक्राउ परेका छन्।

प्रहरीले धर्मेन्द्र वास्ताेला नेतृत्वको नेकपा बहुमतको झन्डै एक दर्जन कार्यकर्ता पक्राउ गरेको हो।

मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply