काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सरकारप्रति आक्रोश पोखेका छन्।
सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलब लगायत सबै आर्थिक कारोबार रोकिएपछि उनले संघीय सरकारप्रति चर्काे असन्तुष्टि जनाएका छन्।
उनले लेखेका फेसबुकबाट लेखेका छन :-
काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टुकुचामा गाडिदिने समेत धम्की दिएका छन्।


