सोम, असार १, २०८३

कुलमानलाई हटाउने निर्णय आपत्तिजनक छः प्रचण्ड


नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको निन्दा गरेका छन्। यो निर्णय आपत्तिजनकसमेत भएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्–

देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका वेला एउटा ऊर्जाविज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ।

उनै कुलमान घिसिङलाई बॉकी बक्यौदा जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो।

तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौँ, यो खबर असत्य साबित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २-३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।

सम्बन्धित समाचार

Leave a Reply