कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकी एक एमाले नेतृका छोरा लागु औषध सहित पक्राउ परेका छन ।
सत्तारुढ दल एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढाका छोरा सहित दुई युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
शनिबार धनगढीको ट्राफिक चौराह क्षेत्रबाट एमाले जिल्ला अध्यक्ष बुढाका छोरा रविन्द्र बुढा र बिराट रावललाई पक्राउ गरेकोे जनाएको छ ।
धनगढी ५हसनपुरका बिराट रावल र धनगढी १३का रविन्द्र बुढाको साथबाट २७०मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरेको छ ।
रावल पक्राउ परे लगत्तै प्रहरीले एमाले कञ्चनपुरकी अध्यक्ष बुढाको कैलाली घर धनगढी उपमहानगरपालिका १३मोहनापुर घरमा छापा खानेर खानतलासी गरेको थियो । एमाले नेता बुढाको घरमा प्रहरी पुगेपछि भिडभाँड बढेको थियो ।
वडा प्रहरी कार्यालय धनगढीका अनुसार बुढाको घरमा खानतलासी गरेपनि थप लागु औषध भेटिएको छैन ।
सत्ताको आडमा प्रहरीलाई मिलाउन दवाव दिएपनि उक्त सम्बन्धीत समाचार बाहिरिएपछि प्रहरीलाई मिलाउन संकट गरेको छ ।
गरिबका छोराछोरी पक्राउ गरेर मुद्दा चलाउने, अनि नेताका छोराछोरी मिलाउने भन्दै धनगढीमा टिकाटिप्पणी शुरु भएको छ ।
एमाले भित्रै पनि कतै आमाको राजनैतिक आडमा यसरी लागु औषध तस्करी,कारोबार गर्दै आएको समेत चर्चा चुलिएको छ ।
नेताहरु खुला मञ्चमा लागु औषध बिगबिगी भयो भनेर कोरा भाषण गर्ने अनि नियन्त्रण भएन भनेर सरकार प्रहरीमाथि जाईलाग्दै आएपछि राजावादीले अहिलेका दल, तिनका नेता कार्यकर्ताहरुमाथि प्रशन गर्दै आएका छन । कैलाली प्रहरीले घटनाको अनुसन्धान अघि बढेको जनाएको छ ।

