कञ्चनपुर।कञ्चनपुरको एक सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई तलब दिएको छ ।
भीमदत्त नगरपालिका १४बनकट्टीको शान्ति आधारभूत विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई तलब दिएको हो ।
शान्ति आधारभूत विद्यालयलका प्रद्यानाध्यापक उत्तम विष्टले विद्यालयबाट खेलिएको होलीबाट संकलन भएको १लाख ८ हजार ३७१रुपैया शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई दिएको बताए ।
साविक निमावि तह निजी स्रोतमा कार्यरत शिक्षकद्वय कुँवर र जोशीलाई होलीबाट संकलन भएको रकम दामासाही रुपमा वितरण गरिएको बताए ।
विद्यालयमा स्थायी दरबन्दी नदिएपछि निजीबाट पदपूर्ति गरेर विद्यालय संचालन गरिएको बताउँदै प्रअ विष्टले विद्यालयको आन्तरिक स्रोत नहुँदा शिक्षक, विद्यार्थी, अभिभावक, समितिका पदाधिकारीले खोली खेलेर स्रोत जुटाएको बताए ।
गत बर्षमा पनि विद्यालयले यस्तै स्रोत जुटाएर संकलन भएको रकम शिक्षकलाई दिएको थियो ।
स्थानीय सरकारी तहबाटै निजी शिक्षकलाई तलब नदिएपछि होली खेलेर संकलन भएको रकम वितरण भएपछि शिक्षक हर्षित भएका छन ।
सामुदायिक विद्यालयमा यसरी शिक्षक दरबन्दी अभावदेखि पदपूर्ति नहुँदा विद्यालय संचालनमा समस्या भएको छ ।

