धनगढी । वाइसीएल नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ ।आज धनगढीमा विविध निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकमा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलको प्रमुख आतिथि रहेका थिए भने संगठनका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ विशिष्ट अतिथि रहेका थिए ।
उद्यमशीलता, नवप्रवर्दन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने मुल नारासहित आगामी जेठ १७-१९ गतेसम्म काठमाण्डौमा हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलगायत बिषयमा छलफल भएको वाइसीएलका केन्द्रीय सदस्य वसन्त कार्कीले जानकारी दिए ।
बैठकले संगठनको सदस्यता वितरण तथा नवीकरण, इकाई गठन, वडा सम्मेलन, पालिका सम्मेलन, जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको बारेमा ठोस कार्यक्रम बनाएर अगाडि बढ्ने निर्णय गरेको उनले बताए।
बैठकमा बोल्दै संगठनका फ्याकसन इन्चार्ज दिपशिखाले यदि गणतन्त्रको रक्षामा लाग्ने होइन भने दुर्गा प्रसाइहरु जन्मिरहने खतरा बढिरहने र तिनलाइ निस्तेज गर्नुपर्ने बताएका थिए ।
संगठनका अध्यक्ष सुबोधराज सेर्पालीले संगठन निर्माणमा अहोरात्र खट्न बैठकमा दिशानिर्देश गरेका थिए । प्रमुख अथिति गिरिराजमणि पोख्रेलले बैठकमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

