बुध, बैशाख २३, २०८३

बैतडीको दोगडाकेदरमा कोल्ड स्टोर सञ्चालन


गणेश जोशी बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिका–७ खोलामा निर्माण गरिएको शीतभण्डार(कोल्ड स्टोर) सञ्चालनमा आएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा निर्माण गरिएको उक्त कोल्डस्टोर सञ्चालनमा आएको दोगडाकेदार गाउँपालिकाका प्राविधिक शाखा प्रमुख, ईन्जिनियर शैलेन्द्र गिरीले जानकारी दिनुभयो ।

५० टनसम्म भण्डारण गर्न सकिने क्षमता रहेको उक्त शीतभण्डार संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको करिब करोडको लगानीमा निर्माण भएको हो ।

तत्काललाई गाउँपालिका आफैैैले आलु भण्डारण गर्दै कोल्डस्टोर सञ्चालनमा ल्याएको छ । उहाँले भन्नुभयो,“ स्थानीय किसानले उत्पादन गरेको १० टन आलु किनेर कोल्डस्टोरमा भण्डारण गरेको हो जनाएको छ ।

गाउँपालिकाले किसानलाई अनुदान बिउ दिएको आलु उत्पादनपश्चात गाउँपालिका आफैले किनेको हो ।”किसानहरुले पनि आफूले उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपजहरु कोल्डस्टोरमा भण्डारण गर्न पाउनेछन् ।

किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर कोल्ड स्टोर निर्माण गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको हो।उहाँले भन्नुभयो,“ किसानहरुको मागअनुसार नै कोल्डस्टोर निर्माण गरिएको हो । यसले कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनमा सहजता ल्याउने विश्वास छ ।

”कोल्ड स्टोर नभएकै कारण सास्ती खेपिरहेका दोगडाकेदारका किसानलाई अब भने राहत भएको छ । गाउँमा कोल्ड स्टोर निर्माण भएपछि कृषि उपज सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने भन्दै किसानहरू खुसी भएका छन् ।तरकारी,फलफुललगायतका कृषि उपजहरु भण्डारणका लागि कोल्डस्टोर बनेपछि सहज भएको स्थानीय किसान सुरेन्द्र भाटले बताउनुभयो ।

कोल्डस्टोरले किसानहरुले उत्पादन गरेका कृषि उपजको बेसिजनमा बजारिकरण गर्न पनि टेवा मिल्नेछ ।उहाँले भन्नुभयो,“ कोल्ड स्टोरमा किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डार गर्ने र उचित समयमा बजारमा बिक्री गर्न सजिलो हुन्छ । उत्पादित कृषि उपज खेर पनि जादैन र बेमौसममा बजार पनि पनि पाउँछ ।”

सम्बन्धित समाचार

Leave a Reply