बिहि, बैशाख २४, २०८३

सुदूरपश्चिममा ‘खखडेहरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा


कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै ८ चैतमा प्रदेशभर बिदा रहेको उल्लेख छ ।

रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने गरेका छन् ।

आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगव्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने चलन छ ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ।

माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो।

सम्बन्धित समाचार

Leave a Reply