दोधारा । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुदै गएका छन् ।
ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, मुडा, डाली र भकारी लोप हुदै गएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाँसको उत्पादन राम्रो हुने भएकाले जिविकोपार्जनका लागि महिला समेत त्यसतर्फ आकर्षित छन् ।
बाँसको उत्पादन र अहिले आएर उत्पादन गरिएको सामग्रीको माँगलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका १० वडा कार्यालयले स्थानियबासीहरुलाई आत्मनिर्भर बनाउन १० दिने बाँसबाट मुडा, डाली, फुल दानी, नाङलो (सुप्पो) तालिम सञ्चालन गरेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो ।
बाँसबाट आकर्षक सामग्री बनाएर आय आर्जन गरिने भएको हुदा चालु आर्थिक वर्षमा छनौट गरि १२ जना बेरोजगार महिलाहरुलाई शिप विकासका लागि आधारभुत तालिम सञ्चालन गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् ।
तालिममा सहभागी भएका महिलाहरुलाई सीप सिकेर जीविकोपार्जन गर्न सहज हुने वडाध्यक्ष चन्द्र बहादुर सिंहले विश्वास लिएको बताउनुभएको छ् ।
सिकेको सीपलाई व्यावसायिक रुपमा अगाडी बढाउने उद्देश्य अनुसार तालिम सञ्चालन गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।
जनजाग्रती बिकास समाज दोधारा चाँदनीको आयोजना र वडा कार्यालयको सहयोगमा बाँसबाट सामग्री बनाउने आधारभूत तालिम सहभागी हुन पाएको बिन्दु शाहीले खुशी प्रकट गर्नुभएको छ् ।
बेरोजगार रहेका महिलाहरुलाई वडा कार्यालय आत्मनिर्भर बनाउन सञ्चालन गरेको बाँसबाट मुडा, डाली, नाङलो (सुप्पो) तालिमले महिलाहरुको आर्थिकपार्जनमा ठुलो सहयोग गर्ने तालिमका सहभागी बिन्दु शाहीले बताउनुभएको छ् ।
बाँसबाट आकर्षक सामग्री बनाउने तालिमका लागी चाहिने कच्चा पदार्थको उत्पादन नगर क्षेत्रमा ब्याप्त हुने र बाँसबाट बनेका मुडा, डाली, नाङलो (सुप्पो) लगाएत सामग्रीको अहिले आएर बजारमा माँग बढ्दो रहेको हुदा बजारिकरण गर्न निकै सहज हुने बिन्दु शाहीले बताउनुभएको छ् ।
तालिम पश्चात महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको भनाई रहेको छ् ।

