लोकप्रिय गायक दुर्गेश थापाले SEE परीक्षामा सहभागी विद्यार्थीहरुप्रति सम्मान व्यक्त गर्दै परीक्षा अवधिभर नेपालभित्र कुनैपनि सांगीतिक कार्यक्रम नलिने घोषणा गरेका छन्।
थापाले भोलिबाट सुरु हुन लागेको SEE परीक्षामा सहभागी सबै विद्यार्थीहरुलाई सफलता र शुभकामना व्यक्त गर्दै फेसबुकमार्फत् यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, “तपाईंहरूको सफलता मेरो शुभकामनासँग छ। सपना पूरा गर्नुहोस्!”
उनको यो निर्णयले विद्यार्थीहरुप्रति देखाएको संवेदनशीलता र सामाजिक जिम्मेवारीप्रति सकारात्मक सन्देश दिएको छ।
परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई थापाले विशेष ध्यान दिएर सन्देश दिएका छन् कि अध्ययनमा केन्द्रित भएर आफ्नो लक्ष्य हासिल गर्न सबैले प्रयास गर्नु आवश्यक छ।


