कञ्चनपुर, चैत्र ५ सत्ताधारी नेपाली काँग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुविच झडपले कञ्चनपुरको गुलरियामा मतगणना स्थगित भएको छ । साँझ नेवि संघ र अनेरास्ववियुका युवा विद्यार्थीविच भएको एक आपसी वाद विवाद झडपमा परिणत भएपछि मतगणना बिचमै स्थगन भएको हो ।
नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले काँग्रेस निकट युवा विद्यार्थीले मदिरा सेवन गरेर प्रहरीकै आडमा आफ्ना पाटी कार्यालय तोडफोडदेखि उम्मेवदबार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन ।
नेपाली काँग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटउपगुटको उपज नेवि संघमाथि थुपारेको आरोप लगाउँदै उनले १६मत गणना बाँकी रहदा उनीहरुले हार्ने भएपनि विवाद झिकेको बताए ।
कञ्चन बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी मैदानमा थिए ।
कुल ३सय ९४मतदाता मध्ये ३सय ३४ मत खसेका थिए । सत्ताको भागडोर सम्हालेका काँग्रेस, एमाले दलकै विद्यार्थी आफै झडपमा उत्रिएपछि अन्य विद्यार्थी संघ संगठन हैरान भएका छन ।

