बिहि, बैशाख २४, २०८३

एमाले निकट अनेरास्ववियुद्वारा शारदा, वारिधी र बालजागृतिमा तालाबन्दी


कञ्चनपुर, चैत्र ४नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरका तीन क्याम्पसमा तालाबन्दी गरेको छ । सत्ताधारी अनेरास्ववियुले आशन्न ५ चैत्रमा स्ववियु निर्वाचन हुने दुई र केही साता पछि हुने शारदा विद्यापिठमा पनि तालाबन्दी गरेको हो ।

निर्वाचनको एक दिन अघि वारिधी कलेज, बालजागृति क्याम्पस र शारदा विद्यापिठमा तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर धामीले क्याम्पस अनुरुप फरक फरक बदमासी स्ववियु निर्वाचनका नाममा बेथिति गर्न खोजिएपछि तालाबन्दी गरिएको बताए ।

उनले अनेरास्ववियु स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा विद्यार्थीको हक अधिकार सुनिश्चित गराउने संगठन भएकाले क्याम्पसको बदमासी बिरुद्धमा तालाबन्दी गरेको दावि गरेका छन ।

यद्यपी क्याम्पसहरुले भने, निर्वाचन प्रकृयाका कार्यक्रम अघि बढाईरहेको जनाएको छ । तालाबन्दी भएका जिल्लाका क्याम्पसहरुमा निर्वाचन हुने बारे थप अन्यौलता छाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply