काठमाडौं।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रहरीको नयाँ नेतृत्व चयन बैठकको मुख्य एजेन्डा छ। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आजदेखि अवकाश पाउँदै छन्।
रिक्त हुने पदमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एक नियुक्त गर्ने तयारी छ ।

