कञ्चनपुर, चैत्र ३ कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा सचिव, कोषाध्यक्ष सहित सदस्य निर्बिरोध निर्वाचित भएका छन ।
आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचन अनुरुप अखिल क्रान्तिकारीका सचिव, कोषाध्यक्ष सहित सदस्य निर्बिरोध निर्वाचित भएका हुन।
रामपुर बहुमुखी क्याम्पसका अनुसार अखिल क्रान्तिकारीका सचिवमा निसा लम्साल, कोषाध्यक्षर््ा रुक्मणी चाचैधरी, सदस्य रामपुल राना, रामेश्वरी राना र सृजना चौधरी निर्बिरोध निर्वाचित भएका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले क्रान्तिकारीका सभापति बाहेक सबै पदमा निर्बिरोध निर्वाचित भएको बताए ।

