शुक्र, बैशाख २५, २०८३

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन


काठमाडौं

भारतमा रहेर जीवनभर नेपाली साहित्य साधनारत लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा बिहीवार राती निधन भएको छ ।

क्षेत्रीको गुवाहाटी मरिखालीस्थित निवासमा निधन भएको हो ।उनका दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छन् ।

क्षेत्री असममा जन्मिएका र सिलाङमा बाल्यकाल बिताएका थिए । उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो।

उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरेका थिए।

माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भएकाे थियाे भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएकाे थियाे।

सम्बन्धित समाचार

Leave a Reply