शुक्र, बैशाख २५, २०८३

टीकापुरमा भन्सार छलिका सामान बरामद


कञ्चनपुर ।कैलालीको टीकापुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका-९ खक्रौला स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख २१ हजार ९१० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, किसमिस, चना, केराउ, चियापत्ती, भाँडाकुँडा, मोटरसाईकल थान-१ लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

Leave a Reply