कञ्चनपुर । आज तराई र मधेसका जिल्लामा होली पर्व हर्षोल्लाससँग मनाइँदै छ। हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा मनाएपछि, तराईका जिल्लामा परम्परागत रूपमा आज होली मनाउन सुरु गरिएको हो।
कञ्चनपुर, कैलाली ,लगायतका , बर्दिया दाङ, बाँके रूपन्देही, नवलपरासी, चितवन, झापा, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलवस्तु, जिल्लामा यो पर्व मनाइँदै छ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारू समुदायले विशेष महत्त्वका साथ होली मनाउँछन्, जहाँ सबै भेदभाव हटाएर रङ्गमा सरिक हुने परम्परा रहेको छ।
होली पर्व समानता र सद्भावको प्रतीक मानिन्छ।प्रहरीले कञ्चनपुरमा सुरक्षित र शान्तिपूर्ण होली सुनिश्चित गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। अवैध रङ्ग प्रयोग, मादक पदार्थ सेवन, र सार्वजनिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ।

