कञ्चनपुर, फागुन २७ आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु)निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयको आगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा सत्तापक्षीय नेपाली काँग्रेस, नेकपा एमाले र विपक्षी दल(नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव)विच कार्यगत एकता भएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष बिरेन्द्रराज विष्टले समाजवादी मोर्चा निकट तीन संगठनले संयुक्त प्यानल दर्ता गराएको बताए ।
सिद्धनाथ विज्ञान क्याम्पसमा नेकपा सभापति विप्लव निकट अखिल समाजवादीका हेमन्त भट्ट, सचिव माओवादी निकट अखिल क्रान्तिकारीका भुवन प्रशाद जोशी, कोषाध्यक्ष क्रान्तिकारीकी शुशिला अवस्थी, समाजवादीका ४ सदस्य सहित उप सभापति दिने गरेर मोर्चाबन्दी गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका नेता बिक्रम थापाले अनेरास्ववियुका तर्फबाट सभापति दिवाकर अवस्थी, सचिव नरेश चन्द, कोषाध्यक्ष वकील धामी सहित १५ सदस्यीय प्यानल दर्ता गरिएको बताए ।
नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले नेवि संघबाट सभापति बिमल प्रशाद जोशी नेतृत्वमा उम्मेदवारी दर्ता गराएको बताए । जिल्लाका अन्य क्याम्पसहरुमा समेत उम्मेदवारी दर्ता गरिएको छ ।

