मङ्ल, जेष्ठ २६, २०८३

समाजवादी निकट अनेरास्ववियू चुनावी मैदानमा


कञ्चनपुर फागुन २७आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरका क्याम्पसहरुमा उम्मेदवारी दिएको छ ।

समाजवादी निकट अनेरास्ववियूका कञ्चनपुर संयोजक प्रज्वल कुँवरले जिल्लाका त्रिविको आंगिक सहितका सम्बन्धन प्राप्त क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएको बताए ।

उनका अनुसार भानु बहुमुखी क्याम्पस दोधाराचाँदनीमा सभापति समिर सुनार, बालजागृती कलेजमा सभापति माधव प्रशाद जोशी, कोेषाध्यक्ष दिपा जोशी, वारिधी कलेज महेन्द्रनगर सभापति लोक साउद, सचिव मोहन जोशी, कोषाध्यक्ष धना विष्ट, कञ्चन बहुमुखी क्याम्पस गुलरियामा सभापति खगेन्द्र भट्ट, सचिव लिलावती बडू, कोषाध्यक्ष उर्मिला भट्ट दर्ता गराएका छन ।

सिद्धनाथ विज्ञान क्याम्पसमा ४ सदस्य सहित उपसभापति सुनिश्चित हुने गरेर समाजवादी मोर्चाबाट उम्मेदवारी दर्ता गराएको छ ।

सम्बन्धित समाचार

Leave a Reply