कञ्चनपुर । मझगाँउ विमानस्थल पुन संचालन समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन ।
मझगाँउ विमानस्थल पुन संचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले २फागुन ०८१मा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले रनवेय बृद्धि गर्न नेपाली सेनाले जमिन खाली गर्ने सहमती कार्यान्वयनको माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

