आखिर छोरी मान्छेकै स्वतन्त्रतामा सवाल किन?
आखिर छोरी मान्छेकै इज्जतमा नै बबाल किन?
तिम्रो छोरीको इज्जत छ्, छोराको छैन र?
बलत्कारको खण्डमा भनिन्छ ए उसको त इज्जत लुटियो त्यो केटाको के इज्जत थिएन र?
आखिर छोरी मान्छेकै इज्जतमा नै यस्तो सवाल किन?
यौन हिंसाबाट बाँचेका महिनाहरू प्राय समाजकै शब्दले मारिन्छन् किन?
समाजलाई सकारात्मक बनाउ । महिला पीडामा हुँदा बोल्ने शब्द चुनेर बोलौ ।
उनी संसारकी आज र भोली हुन् ।उनी यो वँश अगाडि लिएर जाने भविष्य हुन् । आखिर छोरी र छोरामा लैङ्गिक विभेद किन?
के छोरी मान्छले आफ्नो इच्छा अनुसार खुला रुपले सास फेर्न अधिकार छैन् र?
के छोरी मान्छेले स्वतन्त्र रुपले बाँच्ने अधिकार नै छैन् र?
आखिर छोरी मान्छेकै स्वतन्त्रतामा यस्तो सवाल किन?
आखिर छोरी मान्छेकै इज्जत र चरित्रमा शंका र उपशंका किन?

