मङ्ल, जेष्ठ २६, २०८३

सुखानी हत्याकाण्ड : कसरी जोगिएका थिए के पी ओली?


इलामको सुखानीमा २०१९ फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई प्रहरीले गोली हानी हत्या गरेको घटनालाई नै सुखानी हत्याकाण्ड भनिन्छ।उक्त दिन रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए।

सुखानी हत्याकाण्ड भएको बेलामा के पी ओली झापाको सचिवालय के दिनअघिमात्रै निवर्तमान भएर सीपी मैनाली सचिव भएका थिए।आर्के मैनालीले ‘नेलोखुको इतिहास’ मा भनेका छन् – उत्तर सोचक धनी रामनाथ चारपाने गाविसको प्रधानपञ्चमा उठेर थोरै मत अन्तरले पराजित भएका थिए, २०२४ सालमा। त्यही भएर होला, उनी क्रान्तिकारी हुँदाहुँदै पनि खुला राजनीतिमा बढी विश्वास गर्थे। हामी भूमिगत भइसकेका थियौँ। तर, रामनाथ खुलेकै थिए। २०१९ मंसिर २९ गते मैले रामनाथलाई चिठी पठाएँ – ‘तुरुन्त भूमिगत हुनुहोस्।

त्यसपछि बल्ल रामनाथ र केपी ओली सँगै घर छोडे। घर छोडेको केही दिनपछि परिवारका हालखबर बुझ्न एक दिन अपराह्नतिर रामनाथ र केपी दुबैले घरतिर निस्किएछन्। परैबाट उनीहरुले रामनाथको घरमा प्रहरीले घेरा हालेको देखेछन्।

‘घरमा प्रहरी नै आएर बसेका छन्। म भुइँमा आउँछु। तिमी यहाँबाट उता जाँदै गर,’ भनेर रामनाथले केपीलाई जोगाएर आफू भने घरतिर लागेछन्।त्यसरी ओलीलाई जोगाएका रामनाथसँग ओलीको पुन: भेट भयो। सुखानी काण्डपछि ओली र मोहनचन्द्र अधिकारी भारतको कानपुर पुगे र नेपाल फर्किंदा रौतहटबाट गिरफ्तारिमा परे र १४ वर्ष जेल जीवन भोगे।

सम्बन्धित समाचार

Leave a Reply