मङ्ल, जेष्ठ २६, २०८३

मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा सवारी दुर्घटना हुँदा एकको मृत्यु


काठमाडौं।मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका–९ मथाने खण्डमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ह ०३१० नम्वरको अटो रिक्सा र सोही दिशाबाट आउँदै गरेको प्र १–०२–०४३ प ५७४३ नम्वरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका–७ वाराङ्गी बस्ने वर्ष २६ का अजय लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।डिएसपी दोङका अनुसार अटो रिक्साले बाटो मोडनेक्रममा मोटरसाईकलसँग ठोक्किँदा मृतक लिम्बु गम्भिर घाइते भएका थिए ।

घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको दोङको भनाइ छ । हिजो शुक्रबार साँझ दुर्घटना भएपछि तत्काल फरार रहेका अटो चालक त्रियुगा नगरपालिका–७ का ३८ वर्षका भुसेलाल दनुवारलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

गएको बिहीबार मात्र उदयपुरको सदरमुकाम गाईघाटको भित्री सडकमा पर्ने त्रियुगा नगरपालिका–१२ मा बोलेरो जीपको ठक्करबाट दुई बालिकाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply