काठमाडौं । आज फागुन शुक्ल अष्टमीका दिनदेखि यो वर्षको फागू पर्व विधिवत् रुपमा प्रारम्भ भएको छ ।
शुक्रवार बिहानको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको वसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साताअघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ ।
चीर ठड्याइएसँगै नेपालमा फागू पर्व प्रारम्भ भएको मानिन्छ ।
त्यसरी ठड्याइको चीर फागू पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ ।
चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।

