कञ्चनपुर, फागुन २३शिक्षक गुरु हुन, तर पछिल्ला बर्षहरुमा केही शिक्षक गुरुको जस्ता जिम्मेबारी भन्दा गैर कानुनी जिम्मेबारीमा लिप्त भएको पाईन्छ ।
आफ्नै विद्यार्थीमाथि आँखा लगाउने, विद्यार्थीको खाजामा भ्रष्टाचार गर्नेदेखि विद्यालय विद्यार्थी बनाउनु भन्दा निजी लाभ,मोजमस्तीमा लिप्त भएपछि ईमान्दार केही शिक्षक निरास भएका छन ।
कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक(हेडसर) धनीदत्त भट्टलाई कारबाही गरिएको छ।गौरीगंगा नगरपालिका–८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्र् प्रधानाध्यापक भट्टलाइ छात्राहरूमाथि यौन जन्य हिंसा गरेको आरोपमा कारबाही गरिएको हो।
विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासोसहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको छ। जनप्रिय माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्राले भट्टलाई पदबाट हटाएको बताए।
उनले गौरीगंगा नगरपालिकालाई समेत जानकारी पठाएको बताएका छन । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै भट्टलाई पदबाट हटाएको हो। उनले भने, ‘हामीले पदबाट हटाएका छौ।
नगरपालिकामा निर्णय पठाएका छौ। अहिले कामचलाउ रूपमा दिपेन्द्र खड्कालाई प्रअ राखेका छौ।’ जनप्रिय माध्यमिक विद्यालयमा जयबहादुर बयलकोटीलाई प्रधानाध्यापक बनाउने तयारीमा समिति रहेको उनले बताए। तर, बयलकोटीले खड्कालाई प्रधानाध्यापक बनाउन भनेपछि उनलाई बनाएको टेर्राले बताए।
छात्रामाथि यौन हिंसा गरेको आरोप लागेका भट्टलाई विद्यालय व्यवस्थापन समितिले माफी नदिएको उनले बताएका छन्। फागुन २ गतेका दिन मसुरियाबाट चिसापानीसम्म छात्राहरूलाई लगेर, उनीहरूमाथि यौन हिंसा गरेको आरोप लागेका भट्टले नै खुट्टा ढोगेर माफी मागेका टेर्राले बताए। उनले भने, ‘हामीले प्रअलाई खुट्टा ढोग्न लगाएका होइनौ। हामी विद्यालयमा थियौ।
हामी निर्णय गर्न गएका थियौ। तर, उहाँले आफैले विद्यार्थीहरू बोलाएर, माफी मागेर, खुट्टा ढोग्ने के–के काम गर्नु भयो।’ नगरपालिकाले थप निर्णय लिनुपर्ने उनले बताए। टेर्राले भने, ‘नैतिकताले पनि उहाँले राजीनामा दिनुपर्ने हो, राम्रो हुने थियो। तर, दिनु भएन।
पदमा राखि रहँदा विद्यालयको शैक्षिक वातावरण खलबलिने अवस्था भयो। उहाँलाई हामीले पदमुक्त गरेका छौ। अहिले दीपेन्द्रकुमार खड्कालाई प्रअमा राखेका छौ।’विद्यालयका प्रधानाध्यापक भट्टबाट यौन हिंसामा परेको आरोपसहित निवेदन दिएका छात्राले भने माफी दिएकी छन्।
विद्यालय व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, मसुरिया र लम्कीमा निवेदन दिएकी उनलेले न्यायिक लडाइ छोडेकी हुन्। उनीहरूको बिचमा मिलापत्र गरिएको छ।विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीदत्र् भट्टले कपोलकल्पित घटना रहेका बताए।
उनले भनिन, ‘एकै जना केटीलाई लगेर गएको होइन।मैले घुम्न जाउ पनि भनेको छैन। निवेदन दिने केटीले नै घुम्न जाउँ भनेको हो। झुटाकुराहरू निवेदनमा छन्। उनीहरूलाई मैले घुम्न जाउँ भनेको प्रमाणहरू छैनन्। हामीले चिसापानीमा कुनै गलत पनि गरेका छैनौ। गलत कुरा भनेको पनि छैन।
नभएका कुराहरू राखिएको छ। मलाई प्रअबाट हटाउन राजनीति गरिएको हो।’तर, शिक्षक भट्टले छात्राको खुट्टा छोएर माफी मागेपछि घटनामा मिलापत्र भएको थियो । यसरी हेडसर(शिक्षक) अवैध काममा लिप्त भएपछि नागरिक समेत केही शिक्षकप्रति विश्वास गर्न छाडेका छन ।

