सोम, जेष्ठ २५, २०८३

“ट्राफिक प्रमुख घूसकाण्डमा दोषी, ३ महिना कैद र जरिवाना”


कञ्चनपुर, फागुन २१ ट्राफिक प्रहरीमाथि अवैध सवारी साधनबाट अशुल्दै आएको आरोप पुष्टी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतले उनलाई दुई महिना अघि दायर मुद्दामा दोषी ठहर गरेको हो । विशेषका अनुसार प्रहरी नायव निरीक्षक ललित कुमार बुढाथोकीलाई सजाय सुनाइएको हो ।

उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना हुने सजाय भएको छ भने १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउनेसमेत फैसला भएको छ । यस मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको हो ।

अदालतमा पेस भएको अडियो भिडियो संवाद तथा उजुरीमा उल्लिखित र बरामद नोटका नम्बर भिडेको आधारमा उनी दोषी पाइएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ११ पुसमा बुढाथोकीविरुद्ध मुद्दा दर्ता गराएको थियो । कार्यालय प्रमुखका रुपमा रहेका उनले सवारी साधनलाई आवत जावत सहजीकरण गरिदिए वापत घूस मागिरहेको सूचना अख्तियारमा परेको थियो ।

बुढाथोकीले २५ हजार घूस लिइसकेका थिए । उनको सिरानीबाट उक्त रकम बरामद भएको थियो । जसपछि आवश्यक अनुसन्धान गरी अख्तियारले मुद्दा चलाएकोमा ठहर भएको हो ।

यसरी ट्राफिक प्रहरी घुसकाण्डमा दोषि ठहर भएपछि नागरिकको नजरमा ट्राफिक प्रहरी देख्यो कि कतै यो पनि अशुलीवाला हो कि भनेर थप आशंका गर्दै आएका छन ।

सम्बन्धित समाचार

Leave a Reply